• २०८१ बैशाख १६ आइतबार

सोलेपछि धेरै दर्शक ल्याउन सफल भए शाहरुख खान

kharibot

मुम्बई । एकै वर्ष तीन तीन वटा ब्लकबस्टर सिनेमा दिएका शाहरुख खानले यो वर्ष अर्को एउटा कीर्तिमान पनि कायम गरेका छन् । त्यो रेकर्ड हो, टिकट बिक्रीको ।

बक्स अफिस तथ्यांक राख्न बक्स अफिस मोजोका अनुसार शाहरुखका तीन फिल्मले करिब ८ करोड मानिसलाई हलमा तानेका छन् ।  यो साल शाहरुखका ‘पठान’, ‘जवान’ र ‘डंकी’ रिलिज भएका थिए ।  सन् २००० पछि कुनै पनि शाहरुखका फिल्मले यति धेरै दर्शक हलमा तानेको पहिलो रेकर्ड मानिएको छ ।

सन् २००० मा शाहरुखका ‘मोहब्बतेँ’ र ‘जोश’  रिलिज भएका थिए । जसमा ‘मोहब्बतेँ’ले त्यो साल सर्वाधिक कमाउने फिल्मको रेकर्डसँगै १ सय ७५ दिनसम्म चलेको रेकर्ड पनि कायम गरेको थियो ।

भारतीय फिल्मको इतिहासमा सर्वाधिक दर्शक हलमा भित्र्याउने रेकर्ड भने ‘सोले’को नाममा रहेको छ । तथ्यांकअनुसार सो फिल्म १८ करोड दर्शकले हेरेका थिए । योबाहेक ‘मदर इन्डिया’ १० करोड दर्शकले हेरेको बताइएको छ । १० करोड हाराहारी नै दर्शकले ‘बाहुबली २’ पनि हेरेका थिए । त्यस्तै ‘हम आपके है कौन’ले ७ करोड दर्शक पाएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै