• २०८१ बैशाख १५ शनिबार

अमेरिकामा दुर्घटना हुँदा शाहरुख खान घाइते

kharibot

काठमाडौं । अमेरिकामा सुटिङका बलिउड अभिनेता शाहरुख खान घाइते भएका छन् । उनको नाकमा चोट लागेको छ । 

अमेरिकाको लस एन्जलसमा दुर्घटनामा परेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो ।

लस एन्जलसमा भएको सुटिङ क्रममा उनको नाकमा चोट लागेलगत्तै तुरुन्तै अस्पताल लगिएको थियो ।

चोटका कारण नाकबाट रगत बग्न थालेपछि अस्पताल लगिएको थियो । अहिले आफ्नो घर मन्नत फर्किसकेका उनी स्वास्थ्यलाभ गरिरहेका छन् ।

दुर्घटनापछि शाहरुखलाई नाकमा पट्टी बाँधेको देखाइएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै