• २०८१ बैशाख १६ आइतबार

ज्यान मार्ने धम्कीपछि शाहरुख खानलाई वाईप्लस सुरक्षा

kharibot

काठमाडौँ । बलिउड स्टार शाहरुख खानलाई वाई प्लस सुरक्षा दिएको छ । मिडिया रिपोर्टका अनुसार शाहरुखलाई ज्यान मार्ने धम्की आएपछि मुम्बई पुलिसले उनको सुरक्षा बढाएको हो ।  हालै शाहरुखक फिल्म ‘पठान’ र ‘जवान’ को सफलताबाट असन्तुष्ट केही व्यक्तिले शाहरुखलाई मार्ने धम्की दिएपछि उनको सुरक्षा बढाइएको बताइएको छ ।

शाहरुख आफैले धम्की आएको प्रहरीलाई जानकारी दिएपछि प्रहरीले सुरक्षा बढाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । शाहरुखलाई दिइएको वाई प्लस सुरक्षा अन्तर्गत, ६ व्यक्तिगत सुरक्षा अधिकारी र ५ हतियारसहित पुलिसकर्मी शाहरुखसँग २४ घण्टा रहनेछन् । अहिलेसम्म शाहरुख खानको सुरक्षाका लागि मुम्बई पुलिसका दुईजना कन्स्टेबल रहने गरेका थिए ।

शाहरुखको सुरक्षामा उपस्थित सुरक्षाकर्मीसँग एमपी-५ मेसिन गन,एके- ४७ असल्ट राइफल र ग्लक पिस्तोलले सुसज्जित हुनेछन् । साथै शाहरुखको घरमा चारजना हतियारधारी प्रहरी पनि सधैं रहने बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार शाहरुखले सुरक्षामा लाग्ने सबै खर्च आफैले बेहोर्ने छन् । भरमा निजी सुरक्षाकर्मीलाई उच्च प्रविधियुक्त हतियार प्रयोग गर्न नपाइने कानुन रहेकाले आफ्नै खर्चमा शाहरुखले प्रहरीको सुरक्षा लिएको देखिएको छ ।

यसअघि अभिनेता सलमान खानलाई लरेन्स बिश्नोई गिरोहबाट धम्की आएपछि वाई प्लस सुरक्षा दिइएको थियो । यस बाहेक, आमिर खान, अमिताभ बच्चन, अक्षय कुमार र अनुपम खेरले एक्स प्लस सुरक्षा कभर पाएका छन्, जसमा उनीहरूले ३ पीएसओएस पाएका छन् जो उनीहरूसँग तीन सिफ्टमा २४ घण्टा रहन्छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै