• २०८१ बैशाख १४ शुक्रबार

राष्ट्र बैकले पुस मसान्तसम्म ६१ अर्ब ६१ करोडको आन्तरिक ऋण उठाउने 

kharibot

काठमाडौं । नेपाल राष्ट्र बैकले आगामी पुस मसान्तसम्म ६१ अर्ब ६१ करोड १३ लाख ७५ हजार रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।

यो आर्थिक बर्षमा एक खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएकोमा राष्ट्र बैकले पहिलो त्रैमास अर्थात यही असोज मसान्तसम्म कुल रकमको ३९ दसमलव ६८ प्रतिसत अर्थात ५७ अर्ब ५४ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाई सकेको छ । 

चालु आवको दोस्रो त्रैमासमा भने २८ दिने अवधिको छ अर्ब, ९१ दिने अवधिको छ अर्ब ४७ करोड ९८ लाख, एक सय ८२ दिने अवधिको छ अर्ब ७१ करोड ६५ लाख ७५ हजार र तीन सय ६४ दिने अवधिको सात अर्ब नौ करोड १५ लाख रुपैयाँ सहित २७ अर्ब ११ करोड १३ लाख ७५ हजार रुपैयाँका आन्तरिक ऋण उठाउने तयारी गरेको राष्ट्र बैैकले जानकारी दिएको छ ।  

यसबाहेक तेस्रो त्रैमासमा २० अर्ब ८८ करोड ८६ लाख २५ हजार र चौथौ त्रैमासमा चार अर्ब ९६ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने राष्ट्र बैंकले जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै