• २०८१ बैशाख १५ शनिबार

नयाँ प्रमुुख कार्यकारी पाएको दिन नेप्से ओरालो लाग्यो

kharibot

काठमाडौं । नेप्सेले नवनियुुक्त प्रमुुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई पूरै रातै भएर स्वागत गरेको छ । गत असार २५ गतेदेखि नेप्से प्रमुुख कार्यकारीविहीन अवस्थामा रहेकोमा मन्त्रिपरिषद्को आजको बैठकले आगामी चार वर्षीय कार्यकालको लागि साउदलाई जिम्मेवारी सुम्पिएको छ ।

तर त्यो जिम्मेवारी सुम्पिएको सकारात्मक प्रभाव आज नेप्सेमा देखिएन । आज पनि नेप्से सूचक तथा कारोबार रकम दुुवै उच्च अंंकले घटेका छन् । नेप्से आठ दशमलव १२ अंकले घटेर १५ सय एक दशमलव ८९ अंकमा कायम रहेको छ भने सेन्सिटिभ एक दशमलव ५३ अंकले घटेर तीन सय  १५ दशमलव ४३ अंकमा कायम रहेको छ ।

नेप्सेका आज कुुल एक सय ५२ वटा कम्पनीहरुको तीन हजार छ सय ६० वटा कारोबारमा छ लाख ४३ हजार पाँच कित्ता सेयर खरिद बिक्रीभएका छन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम ३१ करोड ६८ लाख छ हजार सात सय ५८ रुपैयाँ पुुगेको छ ।

नवनियुक्त प्रमुख कार्यकारी साउद

कुुल आठ वटा समूहको कारोबार भएकोमा अन्य समूहको सूचक सामान्य अं्रकले बढेतापनि बाँकी समूहको सूचकमा गिरावट आएको छ । बीमा समूहको सूचक ४७ दशमलव २७ अंकले घटेर आठ हजार दुुई सय १७ दशमलव ९६ विन्दुुमा झरेकोमा छ करोड ९७ लाख ५४ हजार आठ सय रुपैयाँको सेयर कारोबार खरिद बिक्री भएको छ ।

वाणिज्य बैंक समूहको सूचक नौ अंकले घटेर १२ सय ९४ दशमलव ६७ विन्दुुमा झरेकोमा १३ करोड ९५ लाख दुुई हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बिकास बैंक समूहको सूचक पनि आज १२ दशमलव ६३ अंकले घटेर १८ सय ४३ दशमलव २९ अंकमा विन्दुुमा झरेकोमा पाँच करोड ८६ लाख ९१ हजार एक सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी जलविद्युुत् समूहको सूचक छ दशमलव २९ अंकले घटेर १७ सय ८७ दशमलव १३ विन्दुुमा झरेकोमा दुई करोड ७० लाख ६० हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यि बाहेक आज टे«ेडिङ, होटल र फाईनान्स समूहको सूचक पनि घटेका छन । अन्य समूहको सूचकमा भने आज चार दशमलव ९२ अंंकले सुधार आएको छ ।
आज सबै भन्दा बढी कमाउने कम्पनीको सुचीमा परेको लक्ष्मी भ्यालुु फन्ड—१ को प्रतियुनिट सेयर मुल्य चार रुपैयाँले बढेर ११ रुपैयाँ ४४ पैसामा कारोबार भएको भने बढी गुुमाउने कम्पनीको सुचीमा परेको सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मुल्य पाँच रुपैयाँ ६१ पैैसाले घटेर एक सय ८५ रुपैयाँमा कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको नेपाल बैंक लिमिटेडको तीन सय ४४ रुपैयाँ अन्तिम मुल्यमा दुई करोड दुुई लाख दुुई हजार ५१ रुपैयाँको सेयर कारोबार भएको छ भने चिलिमे हाईड्रो पावर कम्पनीको आठ सय ११ रुपैयाँ अन्तिम मुल्यमा एक करोड ४५ लाख ४८ हजार दुुई सय ७६ रुपैयाँको सेयर कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय