• २०८१ बैशाख २७ बिहीबार

नेप्से ओरालो गतिमा : सुचक तथा कारोवार रकम दुबै घटे

kharibot

प्रतिनिधी तस्वीर

काठमाडौं । नेप्सेको ओरालो गतिले साताको चौथो कारोवार दिन बुधबार पनि निरन्तरता पाएको छ ।

नेप्से आज सात दसमलव ४२ अंकले घटेर १५ सय ६१ दसमलव १७ बिन्दुमा झर्दा सेन्सिटिभ पनि एक दसमलव ६६ अंकले घटेर तीन सय नौ दसमलव ७५ बिन्दुमा झरेको छ ।

एक सय ९५ कम्पनीहरुको २४ हजार आठ सय ९९ पटकको कारोवारमा ५२ लाख ९१ हजार तीन सय १४ कित्ता सेयर खरिद बिक्री भएको छ । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ४९ करोड ६३ लाख ८७ हजार नौ सय ९२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकाछन् । जसमध्ये होटल समुहको सुचक सामान्य अंकले बढेको छ बाँकी समुहको सुचक उच्च अंकले घटेकाछन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव ५९ अंकले घटेर १२ सय ४७ दसमलव १२ बिन्दुमा झर्दा जलबिद्युत समुहको सुचक पनि १६ अंकले घटेर १३ सय २३ दसमलव ९७ बिन्दुमा झरेको छ । यसैगरी बिकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको जनरल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ८४ प्रतिसतले बढेर तीन सय ३५ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा भने पहिलो स्थानमा परेको घलेम्दी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य सात दसमलव २६ प्रतिसतले घटेर एक सय १५ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको सानिमा बैंकको प्रतिकित्ता तीन सय ४५ रुपैयाँ अन्तिम मुल्यमा सात करोड २५ लाख ४३ हजार आठ सय ८४ रुपैयाँको कारोवार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै