• २०८१ बैशाख २७ बिहीबार

नेप्से ओरालोतर्फ : सुचक तथा कारोवार रकम दुबैमा उच्च अंकको गिरावट

kharibot

प्रतिनिधी तस्वीर

काठमाडौं । नेप्से घटेको छ । साताको तेस्रो कारोवार दिन आज मंगलबार नेप्से २३ दसमलव २२ अंकले घटेर २४ सय ६१ दसमलव ८८ बिन्दुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव ४७ अंकले घटेर चार सय ४५ दसमलव २१ बिन्दुमा झरेको छ ।

आज दुई सय १० वटा कम्पनीहरुको ५२ हजार पाँच सय ९१ पटकको कारोवारमा एक करोड २४ लाख ८२ हजार जार सय २८ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम चार अर्ब ७५ करोड २७ लाख आठ हजार एक सय ४७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकाछन् । ति मध्ये होटल तथा पर्यटन, जलबिद्युत र सामुहिक लगानी कोष समुहको सुचक सामान्य अंकले बढेकाछन भने बाँकी समुहको सुचक उच्च बिन्दुले घटेकाछन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २१ दसमलव ७७ अंकले १७ सय ७३ दसमलव ९४ बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि एक सय १४ दसमलव सात अंकले घटेर १२ हजार पाँच सय ७० दसमलव ८१ बिन्दुमा झरेको छ ।

यसैगरी बिकास बैंक, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुबित्त र लगानी समुहको सुचकहरु पनि घटेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको हिमालयन ऊर्जा बिकास कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९७ प्रतिसतले बढेर तीन सय ५३ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको सर्पोट माईक्रो फाईनान्स लघुबित्त संस्थाको प्रतिकित्ता सेयर मुल्य पाँच दसमलव १८ प्रतिसतले घटेर १८ सय ३० रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको शिखर इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता २६ सय २२ रुपैयाँ अन्तिम मुल्यमा ६५ करोड ३५ लाख ४१ हजार आठ सय ८७ रुपैयाँको कारोवार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै