• २०८१ बैशाख २६ बुधबार

सरकारले माग पूरा नगरेको मिटरब्याज पीडितको गुनासो

kharibot

सिरहा ।  सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित लेनदेन (मिटरब्याज) पीडितले गुनासो गरेका छन् । 

शुक्रबार  सिरहाको लहानमा पत्रकार सम्मेलन गरी मिटरब्याजपीडितहरूले सरकारसँग भएको सहमति कार्यान्वयन नभएकाले फेरि आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै गुनासो गरेका हुन् ।

मिटरब्याजपीडित सङ्घर्ष समितिका सङ्योजक मनोजकुमार पासवानले सरकारले पटकपटक सहमति गरे पनि कार्यान्वयनका लागि ठोस् पहल नगरेको आरोप लगाए । उनले उल्टै मिटरब्याजपीडितलाई स्थानीय प्रशासनले दुःख दिने काम गरिरहेको उनको भनाइ छ । 

समस्या समाधानको काम प्रभावकारी ढङ्गले अगाडि नबढाइए फेरि आन्दोलन गर्ने पीडितहरूको चेतावनी छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै