• २०८१ बैशाख २७ बिहीबार

नेप्से ओरालो लाग्यो, कारोबार रकम ६२ करोड मात्र

kharibot

काठमाडौं । अघिल्लो दुुई दिन सामान्य अंकले बढेको नेप्से साताको चौथो कारोबार दिन आज बुुधबार पुुन घटेको छ । नेप्से आज दुुई दशमलव ७८ अंकले घटेर १६ सय ११ दशमलव २७ विन्दुुमा झरेको छ भने सेन्सिटिभ शुन्य दशमलव ४८ अंकले घटेर तीन सय ३८ दशमलव ९० विन्दुुमा झरेको छ ।

कुुल एक सय ६० कम्पनीहरुको नौ हजार चार सय ६९ वटा कारोबारमा १७ लाख ५४ हजार ६५ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम ६२ करोड ७१ लाख ४४ हजार आठ सय ६९ रुपैयाँ पुुगेको छ ।

नेप्सेका आज सबैगरी कुुल आठ वटा समूहको कारोबार भएकोमा बीमा र अन्य समूहको सूचकमा सामान्य अंकले सुधार देखिएपनि बाँकी समूहको सूचक घटेकाछन । वाणिज्य बैंक समूहको सूचक दुई दशमलव एक अंकले घटेर १३ सय ९८ दशमलव ९८ विन्दुुमा झरेकोमा २२ करोड ६५ लाख ४७ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । विकास बैंक समूहको सूचक पाँच दशमलव ४२ अंकले घटेर दुुई हजार दुुई दशमलव २६ विन्दुुमा झरेकोमा १२ करोड ९७ लाख ८६ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यसैगरी जलविद्युत् समूहको सूचक २१ दशमलव तीन अंकले घटेर १८ सय ३६ दशमलव ३८ विन्दुमा झरेकोमा चार करोड ३५ लाख १४ हजार आठ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । फाइनान्स, होटल र उत्पादनमुुलक समूहको सूचकमा पनि आज गिरावट आएको छ । आज बीमा समूहको सूचक चार दशमलव छ अंकले बढेर नौ हजार एक सय ३९ दशमलव चार विन्दुुमा चढेकोमा १४ करोड ५१ लाख ८१ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ भने अन्य समूहको सूचक सामान्य अंकले बढेको छ ।

आज बढी कमाउने कम्पनीको सुचीमा परेको युुनाईटेड फाइनान्सको सेयर मूल्य पाँच रुपैयाँ ७७ पैसाले बढेर दुई सय ७५ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा परेको चिलिमे हाइड्रोपावर कम्पनीको सेयर मूल्य छ रुपैयाँ पाँच पैसाले घटेर एक सय ८७ रुपैयाँमा कारोबार भएको छ । रकम कारोबारका आधारमा अग्रस्थानमा परेको नेपाल बैंकको तीन सय ५७ रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड ४६ लाख ९१ हजार छ सय २८ रुपैयाँको सेयर कारोबार भएको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै