• २०८१ बैशाख २७ बिहीबार

नेप्से ओरालोतर्फ उन्मुुख, चार वटा समुहले कमाउँदा छ वटाले गुुमाए 

kharibot

काठमाडौं। नेप्से पुुन ओरालोतर्फ उन्मुुख देखिएको छ । अघिल्लो दिन तीन दसमलव ६२ अंकले बढेको नेप्से आज सोमबार शुन्य दसमलव ४४ अंकले घटेर ११ सय ९४ दसमलव ३८ बिन्दुुमा झरेको छ । 

सेन्सिटिभ भने शुन्य दसमलव शुन्य सात अंकले बढेर दुुई सय ५१ दसमलव ६२ बिन्दुुमा चढेको छ । आज एक सय ७० कम्पनीहरुको तीन हजार छ सय ६४ वटा कारोवारमा १२ लाख ८४ हजार नौ सय ४४ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम २९ करोड ६१ लाख ५६ हजार दुुई सय ५२ रुपैयाँ पुुगेको छ । 

आज १० वटा समुहको कारोवार भएकोमा चार वटा समुहको सुचकमा सुधार देखिएपनि छ वटा समुहको सुचकमा गिरावट आएको छ । कमाउने  समुहमा परेको बाँणिज्य बैक समुहको सुचक शुन्य दसमलव ७९ अंकले बढेर एक हजार १६ दसमलव ५३ बिन्दुुमा चढेबकोमा १६ करोड ७५ लाख ९३ हजार रुपैयाँको सेयर कारोवार भएको छ । 

बिकास बैक समुहको सुचक पनि आज शुन्य दसमलव २२ अंकले बढेर १४ सय १५ दसमलव ३० बिन्दुुमा चढेकोमा एक करोड ७९ लाख आठ हजार रुपैयाँको सेयर किनबेच भएको छ । फाईनान्स र उत्पादनमुुलक समुहको सुुचक पनि आज बढेकाछन । निर्जिवन बीमा समुहको सुचक भने आज १४ दसमलव ७२ अंकले घटेर पाँच हजार आठ सय ९९ दसमलव ९६ बिन्दुुमा झरेकोमा दुुई करोड ३० लाख छ हजार पाँच सय रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि २० दसमलव ५१ अंंकले घटेर पाँच हजार नौ ससय ७४ दसमलव ३४ अंकमा पुुगेकोमा ९१ लाख ३९ हजार छ सय ८० रुपैयाँको सेयर कारोवार भएको छ । होटल, जलबिद्युुत,अन्य र लघुबित्त समुहको सुचक पनि घटेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको नेपाल सेवा लघुबित्त बित्तीय संस्थाको सेयर मुल्य पाँच रुपैयाँ ८३ पैसाले बढेर तीन सय ८१ रुपैयाँमा कारोवार भएको छ भने गुुमाउने कम्पनीको सुचीमा अग्रस्थानमा परेको सेन्ट्रल फाईनान्सको सेयर मुल्य भने नौ रुपैयाँ ५२ पैसाले घटेर एक सय ५२ रुपैयाँमा कारोवार भएको छ । रकम कारोवारका आधारमा अग्रस्थानमा परेको माछापुछ्रे बैंकको प्रतिकित्ता दुुई सय पाँच रुपैयाँ अन्तिम मुल्यमा छ करोड ३४ लाख ७२ हजार सात सय २२ रुपैयाँको कारोवार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै