मुम्बई । बलिवुड अभिनेता रनबीर कपुर र पाकिस्तानी अभिनेत्री माहीरा खानको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
अभिनेत्री माहिरा खान र अभिनेता रनबीर कपुरले चुरोट तान्दै गरेको तस्बिरले भारत र पाकिस्तानमा निकै चर्चा पाएको छ ।
रनबीर कपुर र माहिराको यसअघि पनि प्रेम चलेको चर्चा बलिवुडमा चलेको थियो । माहिरा विवाहित भए पनि पछिल्लो समयमा रनबीर कपुरसँग नाम जोडिदै आएको छ ।
अहिले माहिराले लगाएको ड्रेस र उनको रनबीरसँगको सम्बन्धलाई लिएर मुस्लिम समुदायले आपत्ति जनाएका छन् ।
अहिले भाइरल भैरहेको तस्बिर अमेरिकाको एक होटल लबीको रहेको छ । अहिले रनबीर र माहिरा अमेरिकामा रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।