• २०८१ बैशाख १७ सोमबार

घरेलु मैदानमा बार्सिलोनाद्वारा बोका जुनियर पराजित, माल्कमले गरे आफ्नो पहिलो गोल 

kharibot

काठमाडौँ।  बार्सिलोनाले अर्जेन्टिनी क्लब बोका जुनियरलाई ३-० गोल अन्तरले पराजित गरेको छ।

गएराती बार्सिलोनाको घरेलु मैदानमा भएको बार्षिक कर्ट्रेन रेजर खेलमा बार्सिलोना विजयी भएको हो।  बार्सिलोनाका लागि माल्कमले आफ्नो पहिलो गोल गरे भने मेसी र राफिन्हाले एक एक गोल गरेका थिए। 

खेलको १८औ मिनेटमा यसै सिजनमा बार्सिलोना आएका माल्कमले बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए।  मेसीएल असिस्ट गरेको सो गोल पछि बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो। त्यसपछि खेलको ३९औ मिनेटमा मेसीले दोस्रो गोल गरेका थिए।  

पहिलो हाफमा २-० को अग्रता लिएको बार्सिलोनाले खेलको ६७औ मिनेटमा राफिन्हाको गोलमा ३-० को अग्रता लिदै खेल जितेको थियो। 

बार्सिलोनाले जितसँगै जोन ग्याम्पर कपको ५३औ संस्करण जितेको छ। यो खेल ला लिगाको नयाँ  सुरुहुनु अघि हरेक बर्ष खेलिदै आएको छ। 

बार्सिलोनाका कप्तान समेत रहेका लियोनेल मेसीले खेल उरु हुनु अघि बार्सिलोनाका फ्यानहरुलाई मैदानमा सम्बोधन समेत गरेका थिए।  उनले बार्सिलोनाको कप्तान हुनु गर्वको विषय भएको भन्दै यस सिजनको च्याम्पियन्स लिग जित्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले च्याम्पियन्स लिग जित्न सबै कुरा गर्ने बताएका थिए।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय