• २०८१ जेठ ६ आइतबार

इनेस्टा र पिकेपछि सिल्भाले पनि स्पेनको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए 

kharibot

काठमाडौँ।  स्पेनका राष्ट्रिय फुटबल खेलाडीहरुले अर्को गर्दै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिइरहेका छन्। यसैबीच प्ले मेकर डेभिड सिल्भाले पनि अन्तर्राष्ट्रिय  फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन्।  

विश्वकपमा स्पेनको खराब प्रदर्शन पछि प्ले मेकर आन्द्रे इनेष्टा र सेन्ट्रल ब्याक जेरार्ड पिकेले पनि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए। 

म्यानचेस्टर सिटीबाट व्यवसायिक फुटबल खेल्ने सिल्भाले सामाजिक संजालबाट आफ्नो सन्यासको घोषणा गरेका छन्। स्पेनको राष्ट्रिय फुटबल टिमबाट १२ बर्ष फुटबल खेलेका ३२ बर्षिय सिल्भाले यो अत्यन्त गाह्रो निर्णय भएको भन्दै यो निर्णय आफ्नो जीवनको सबैभन्दा मुस्किल निर्णय भएको बताएका छन्। 

स्पेनका लागि १२५ खेल खेलेका सिल्भाले ३५ गोल गरेका छन्। अब आफ्नो क्लब क्यारियरमा फोकस गर्ने भन्दै सिल्भाले आन्फो क्यारियरमा सहयोग गर्ने साथीहरु, म्यानेजर, परिवार सबैलाई धन्यवाद दिएका छन्। 

सिल्भाले २०१० मा स्पेनलाई विश्वकप जिताउन तथा २००८ र २०१२ मा युरो कप जिताउने स्पेनको टिमका महत्वपूर्ण भूमिका खेलेका थिए। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै