• २०८१ बैशाख १७ सोमबार

नेपाली अन्डर-१९ क्रिकेट टोली मलेसिया प्रस्थान

kharibot

काठमाडौं । नेपाली अन्डर -१९ क्रिकेट टिम एसिसी एशिया कप क्रिकेटको छनोट खेल्न नेपाली टोली मलेसिया गएको छ । 

प्रतियोगिताको लागि दिपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको १४ खेलाडीसहितको नेपाली टोली शुक्रबार विहान मलेसिया तर्फ गएको हो ।

आइतबारदेखि सुरु हुने प्रतियोगितामा नेपालले आउँदो सोमबार थाइल्याण्डसँग, बुधबार भुटानसँग र बिहीबार सिंगापुरसँग खेल्नेछ । समूह ’बि’ मा आयोजक मलेसियासँगै हङकङ, चीन र म्यानमार रहेका छन् ।

फाइनलमा पुग्ने दुई टोली एसिसी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै