मुम्बई। अभिनेत्री प्रियंका चोपडाले सलमान खानसँगको बिग्रेको आफ्नो सम्बन्ध सुधारको प्रयास छन्। भारत फिल्म छोडेर सलमानसँगको सम्बन्ध बिगारेकी प्रियंकाले अब सो सम्बन्ध सुधार्न खोजेको देखिएको छ।
सलमानका ज्वाई आयुष शर्माको फिल्म लावरात्रीको हालै रिलिज भएको ट्रेलरलाई सामाजिक संजाल ट्वीटरमा सेयर गर्दै प्रियंकाले आयुषलाई बलिवुडमा स्वागत गरेकी छन्।
सलमान खानले निर्माण गरेको सो फिल्ममा सलमानले आफ्ना ज्वाई आयुषलाई लन्च गर्दै छन्। प्रियंकाले ट्रेलरको तारिफ गर्दै आयुषको बलिवुड डेभ्यु उत्कृष्ट हुने बताएकी छन्
प्रियंका चोपड़ाले ट्वीटमा भनेकी छन्, 'मेरो साथी फिल्ममा तिमीलाई स्वागत छ। यो ट्रेलर हेर्दा यस्तो लाग्छ कि तिम्रो बलिवुडमा शानदार डेब्यू हुदै हुदै छ वारिना हुसैनलाई पनि धेरै शुभकामना र लवरात्रि लाई धेरै धेरै प्यार ।'
प्रियंकाको यो ट्वीट पछि सिनेमाजगतमा एक किसिमको खलबली मचिएको छ । अब सबैले प्रियंकाको यस कदममा सलमान खानको प्रतिक्रिया कस्तो आउला भनेर पर्खिरहेका छन्।