काठमाडौँ । छोटो समयमै नेपालको ७२ जिल्लामा आफ्नो ईन्टरनेट तथा इन्ट्रानेट सेवाको सञ्जाल पु¥याउन सफल क्लासिक टेक प्रा लि ले नेपालमै पहिलो पटक घरायसी प्रयोजनको लागि १०० एमबिपिएस सेवा बजारमा ल्याएको छ ।
विश्वकै उत्कृष्ट जिपिओएन प्रविधिमा आधारित फाईबर टु द होम ईन्टरनेट सेवाको माध्यमबाट क्लासिक टेकले ग्राहक वर्गलाई सुपरफास्ट ईन्टरनेट सेवा उपलब्ध गराउन सकेको हो ।
सुपरफास्ट ईन्टरनेटलाई सुपथ मुल्यमा उपलब्ध गराउने उद्दश्यका साथ क्लासिक टेकले चाडवाड अफर बजार ल्याएको छ । वार्षिक ग्राहकहरुलाई ६ एमबिपिएस रु ९१६ प्रति महिना, १५ एमबिपिएस रु १०४२ प्रति महिना, ३० एमबिपिएस रु १२०८ प्रति महिना, ६० एमबिपिएस रु १५२५ प्रति महिना, र १०० एमबिपिएस अनलिमिटेड रु २९१६ प्रति महिनामाको दरमा उपलब्ध छ । यो अफर नेपालभरका विभिन्न १६ वटै शखाहरुमा लागु हुनेछ ।
साथै सुपरफास्ट ईन्टरनेट सँगै टिभीको मज्जा लिन क्लासिक टेकले डिस होमको खरिदमा भारी छुटको अफर ल्याएको छ । यो अफर क्लासिक टेकको ग्राहकलाई मात्र उपलब्ध हुनेछ ।
यसका साथै कम्पनिले चाडवाड मनाउने लक्ष लिएर ग्राहक वर्गको घर दैलोमा बिभिन्न कार्यक्रमहरु लिएर जाने योजना बनाएको छ । हालसालै इन्द्रजात्राको अवसर पारी काठमाण्डौ, भक्तmपुर, ललितपुर र बनेपामा लाखेनाच आयोजना गरेको थियो ।