• २०८१ बैशाख १४ शुक्रबार

क्लासिक टेकको ग्राहकहरूलाइ ६५ प्रतिशत सम्म निशुल्क ब्यान्डविथ अपग्रेड

kharibot

काठमाडौँ । क्लासिक टेकले निशुल्क रूपमा आफ्नो  ग्राहकहरूलाइ ६५० प्रतिशत सम्म ब्यान्डविथ अपग्रेट गरेको छ । क्लासिक टेकले ग्राहकहरूलाइ निशुल्क १५० एमबीपीएस देखी ३०० एमबीपीएस सम्म अपग्रेड गरेको छ ।

प्याकेज अपग्रेड पशचात पुरानै शुल्कमा प्रयोगकर्ताहरूले हाइ स्पिड इन्टरनेटको पप्रयोग गर्न सक्ने छन् । हाई स्पिड इन्टटरनेट प्रयोग गर्न फाइभजीएचजेड (5ghz) राउटरको डिभाइस आवश्यकता पर्ने र उक्त डिभाइस क्लासिकटेकबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

क्लासिक टेकले नेपालमै पहिलो पल्ट नेक्स्ट जेनेरेशनको प्रविधी वाइफाइ ६ र ट्रीब्याण्ड राउटरको साथमा टाकियन १ जिबिपीएस इन्टरनेट सेवा चाडैनै नेपाल भित्राउने बताएको छ ।

वाइफाइ ६ का साथमा टाकियन १ जिबिपीएस प्रविधी भित्राउन अन्तिम परीक्षण भइरहेको पनि कम्पनीले जानकारी दिएको छ । वाइफाइ ६ अन्तर्गत स्मार्ट कनेक्टिभिटी,बिफोर्मिंग,एम्युएमआइएमओ(MUMIMO) लगायतका सुविधाहरू रहने छ । 

हाल क्लासिक टकले दुर्गम देखि सुगम सम्म ७४ जिल्लाका १०३ स्थानमा आफ्नो सेवा संचालन गर्दै आइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै