• २०८१ बैशाख १६ आइतबार

क्लासिक टेकको 'दशै तिहारको खुसीयाली ! नेट, टिभी र राउटर यसपाली !!' अफर सार्बजनिक

kharibot

काठमाडौँ । देशकै अग्रणी तथा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेपालीहरुको महान् चाड बिजया दशमीको शुभ अवसरमा आफ्नो दशैं योजना सार्वजनिक गरेको छ ।

क्लासिक टेकमा आबद्ध हुन चाहने नयाँ ग्राहकहरुले २०० र ३०० एमबीपीएस इन्टरनेट मात्र शर्तसहित ९०७ र ११७७ क्रमसः मा पाउन सकिने छ । अफर अन्तर्गत जेडटीइ को ५ गिगाहर्ज राउटर र स्मार्ट सेट टप बक्स निशुल्क पाउने क्लासिक टेकले जनाएको छ ।   त्यसैगरी सेकेण्डरी राउटर जडान गर्न चाहने ग्राहकहरुका लागी कम्पनीले अहिले सम्मकै सबै भन्दा सस्तो मूल्यमा सेकेण्डरी राउटर प्रदान गर्ने जनाएको छ ।

क्लासिक टेकले कारो टेल कम्पनीसंग भिडियोकोनको स्मार्ट टिभी सेट बिक्री वितरणका लागी साझेदारी गर्ने भएको छ । गत बर्ष जस्तै कम्पनीले भिडियोकोणको ३२ इन्च तथा ४३३ इन्चको स्मार्ट टिभी सेट बजारको मूल्य भन्दा निकै कम समायोजित मूल्यमा पाउन सक्ने जानकारी दिएको छ । भिडियोकोनको ३२ इन्च स्मार्ट टिभी १९ हजार १४१  र ४३ इन्चको स्मार्ट टिभी २८ हजार ७०१ मा लिन सकिने कम्पनीले बताएको छ ।  

कम्पनीले आफ्ना विद्यमान प्रयोगकर्ताहरुका लागि समेत विशेष अफर ल्याएको छ । ग्राहक हरुले २५० एमबीपीएसको बार्षिक नविकरणमा ५०० एमबिपीएस इन्टरनेट स्पीड पाउन सक्ने छन् भने १२ महिनाको रिचार्ज गर्दा २४ महिना इन्टरनेट चलाउन सकिने विशेष व्यवस्था कम्पनिले गरेको छ । कम्पनिले बार्षिक रिचार्जमा पनि जेडटीइको ५ मेघाहर्ज राउटर नि: शुल्क दिने जनाएको छ ।  साथै भिडियोकोन टिभी को ३२ इन्च र ४३ इन्च स्मार्ट टिभी सेट पनि सुपथ मूल्य लिन सकिने छ । 

क्लासिक टेक सुपथ मूल्यमा इन्टरनेट र गुणस्तरीय सेवा दिने भएकाले इन्टरनेट प्रयोगकर्ता हरुको पहिलो रोजाइ बन्न सफल भएको छ । कम्पनीले विभिन्न समयमा यस्ता अफर हरु ल्याउँदै आइरहेको छ भने दशै र तिहारको बिशेस अवसरमा यस्ता विभिन्न अफरहरु दिरहेको छ । 

अफरहरु र अन्य जानकारीका लागी ९८०१००४४७७ मा सम्पर्क गर्न सकिने क्लासिक टेकले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै