• २०८१ बैशाख १५ शनिबार

अमेरिका—रुस सम्बन्ध सुधार्ने जिम्मा हलिउड अभिनेतालाई !

kharibot

युरोप÷अमेरिका । हलिउड अभिनेता, निर्देशक, कथालेखक तथा संगीतकर्मी स्टिभन सिगललाई रुसी विदेश मन्त्रालयले मानवअधिकारलगायतका विषयमा अमेरिकासँगको सम्बन्ध सुधार्ने जिम्मेवारी दिएको छ । सिगललाई मन्त्रालयले विशेष प्रतिनिधिमा नियुक्त गरेको एजेन्सीहरुले जनाएका छन् । 

रुसी विदेश मन्त्रालयले फेसबुकमा भनेको छ, ‘सिगलले रुस र अमेरिकाबीचको सम्बन्ध सुधारमा विशेष प्रतिनिधिको रुपमा काम गर्नेछन् ।’ यद्यपि सिगलले कसरी त्यो जिम्मेवारी पूरा गर्लान् भन्नेचाहिँ खुलाइएको छैन ।

सिगलले २०१६ मा रुसको नागरिकता प्राप्त गरी नागरिक बनेका थिए । यद्यपि उनी अमेरिकाको मिसिगनमा जन्मिएका थिए भने हलिउडमा पनि उत्तिकै चर्चित रहेका छन् ।

पछिल्लो समय रुसले वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जिताउन विशेष जासुस खटाएको र ट्रम्पसँग रुसको अवैधानिक सम्बन्ध रहेको भनी अमेरिकी अधिकारीहरुले विशेष आयोग गठन गरी अनुसन्धान गरिरहेका छन् । 

उनको नियुक्ति बेतलबी रहेको बताइएको छ । उनले खासगरी संस्कृति, कला, पब्लिक र युवाहरुसँग अन्तक्र्रिया साटासाट गर्ने बताइएको छ । सिगलले रुसी नेताका नीतिगत कुराको पक्षमा वकालत गर्दै आएका छन् ।

यतिसम्म कि उनले युक्रेनको क्राइमिया रुसले जबर्जस्ती लिँदा समेत उनले समर्थन गरेका छन् । त्यस्तै उनले अमेरिकी सरकारको पनि आलोचना गर्ने गरेका छन् । गत वर्ष युक्रनले सिगललाई पाँच वर्षसम्म आफ्नो देशमा छिर्न नपाउने प्रतिबन्ध जारी गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय