• २०८१ जेठ ६ आइतबार

यसकारण फेसबुक र इन्स्टाग्रामले ल्याए ‘टाइम लिमिट टुल’

kharibot

यो टुल एपको सेटिंग पेजमा गएर ‘योर एक्टिभिटी’ इन्स्टाग्राम र ‘योर टाइम अन फेसबकु’ फेसबुकमा प्रयोग गर्न सकिन्छ । तस्बिर : बीबीसी/फेसबुक

उत्तर अमेरिका । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामले प्रयोगकर्ताहरु जतिखेर पनि फेसबुकमै झुम्मिएको भन्दै ‘टाइम लिमिट टुल’ ल्याएका छन् ।

यो घोषणा धेरै समय फेसबुक चलाउँदा पर्न जाने मानसिक असरलाई ध्यान दिँदै ल्याएको कम्पनीको भनाइ छ । 

योसँगै अब प्रयोगकर्ताले कति समय फेसबुक चलाएछु भन्ने थाहा पाउनेछन् भने यसका लागि उनीहरुले रिमाइन्डर सेट गर्नेछन् जसले आफूले धेरै समय फेसबुकमा खर्चेको महसुस भई केही समयका लागि नोटिफिकेसन बन्द गर्नेछन् । 

तर कतिपयले भने यो अपर्याप्त रहेको बताएका छन् । यो खासै ठूलो परिवर्तन नभएको उनीहरुको भनाइ छ । 

त्यस्तै धेरै फेसबुक चलाउनेको मानसिक थकान हुने गरेको पनि एउटा प्रयोगद्वारा पत्ता लागेको छ । युनिभर्सिटी अफ मिसिगनका विद्यार्थीमा गरिएको परीक्षणमा १० मिनेटसम्म उनीहरुलाई फेसबुक चलाउन दिइएको थियो ।

पछि उनीहरु खराब मुडमा रहेको पाइएको बताइएको छ । खासमा उनीहरुलाई १० मिनेटसम्म स्क्रोलिंग मात्रै गर्न दिइएको थियो भने अन्यलाई अन्तक्र्रिया गर्न दिइएको थियो । 

त्यस्तै अर्को एउटा यूसी सान डियागो र येलले गरेको अध्ययनमा धेरै लिंक क्लिक गर्ने र धेरै पोष्टमा लाइक गर्नेहरुको पनि मानसिक स्वास्थ्य अन्यको तुलनामा खराब पाइएको थियो । 

सोही कारण कम्पनीले धेरै स्क्रोलिङमा झुमिरहने प्रयोगकर्तालाई केन्द्रमा राखी यस्तो टुल ल्याएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै