• २०८१ बैशाख १६ आइतबार

फेसबुक ह्याक गरी रकम ठग्ने पाँच जना पक्राउ

kharibot

काठमाडौं । अरुको फेसबुक आईडि ह्याक गरी रकम ठगि गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा बारा जिल्ला जितपुर सिमरा उप–महानगरपालिका वडा नं. १७ रामनगर घर भई हाल काठमाडौं  बस्ने सिमान्त लामा,रोहन तामाङ , अमन्त लामा, अनुप श्रेष्ठर कास्की घर भई हाल काठमाडांै नयाँबसपार्क बस्ने सुब्बु भन्ने शुभेक्षा गुरुङ रहेको प्रहरीले जनाएको छ ।

उनिहरुले फेसबुक ह्याक गरी बिभिन्न बाहानामा ओटिपी मागी  चौध लाख अन्ठाउन्न हजारको कारोवार गरेको देखिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार, नयाँ बसपार्कबाट, कार्यलायबाट खटिएको विशेष प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु पठाईएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै