• २०८१ बैशाख १७ सोमबार

डा.केसीको स्वास्थ्य अवस्था नाजुक,  जुनसुकै बेला अचेत हुनसक्ने चिकित्सकहरुको चेतावनी 



kharibot

काठमाडौँ । अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बारे उपचारमा संलग्न आवासीय चिकित्सकहरुले आज पत्रकार सम्मेलन गरी डा.केसीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका छन् । 

पत्रकार सम्मेलनमा, आफुहरुले ड्युटीको समय मिलाउदै उपचारमा संलग्न भइरहेको जानकारी गराएका छन् । 

आवासीय चिकित्सकहरुका अनुसार आज १५औँ सत्याग्रहको २६औँ दिनमा आउदा, डा.गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बनेको छ । उनको सेतो रक्तकोशिकाको संख्या हालसम्मकै न्यून भएको छ ।



रगतमा सुगरमा मात्रा अत्यन्त कम भएकाले उनी जुनसुकै बेला अचेत अवस्थामा पुग्न  उनीहरुले बताएका छन् । रगतमा पोटासियम अति नै कम भइसकेको र मुटुको चाल पनि अत्यन्त कम भइरहेकाले कुनै पनि बेला धड्कनमा समस्या आइ मुटु नै बन्द हुनसक्ने अवस्था आउनसक्ने उनीहरुले बताएका छन् ।



डाक्टरहरुले डा.केसीको रक्तचाप पनि अत्यन्त कम रहेको र यसरी मुटुको चाल, धड्कन र रक्तचापको समन्वय नमिल्दा कुनै पनि बेला गम्भीर समस्या आउन सक्ने बताए । 



पत्रकार सम्मेलनमा बोल्दै डा.लक्ष्मण भुषालले डा.केसीले बिस्तारै होस गुमाउदै गएको जानकारी गराए । 
" हिजो भर्खर मैले आफै बसेर सरको रगत जाँचको लागि पठाएको थिएँ, आज त्यही कुरा उहाँले बिर्सीसक्नु भएको रहेछ । " 

केहिदिन यहि अवस्था रहिरहे, दिमागमा गम्भीर असर पर्न गइ अचेत हुने, छारे आउने र कोमामा जाने अवस्था पनि आउन सक्छ । 

चिकित्सकहरुका अनुसार, यो अवस्थाको बिरामीलाइ आइसियुमा राखेर उपचार गर्नु पर्ने हुन्छ तर डा.केसीले यस अघि नै आफू होसमा रहुन्जेल आइसियुमा नजाने बताइसकेको डाक्टरहरुले बताएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै