• २०८१ बैशाख १५ शनिबार

जान्ह्वी कपुरको डेभ्यु फिल्म धड्कको बक्स अफिसमा राम्रो सुरुवात 

kharibot

मुम्बई । बलिवुड अभिनेत्री श्रीदेवी र निर्देशक बोनी कपुरकि छोरी जान्ह्वी कपुरको डेभ्यु फिल्म धड्कले बक्स अफिसमा राम्रो सुरुवात गरेको छ ।

शुक्रबार रिलिज भएको धड्कले पहिलो दिन भारतीय बक्स अफिसमा ८ करोड ७१ लाख व्यापार गरेको फिल्म समिक्षक तरण आदर्सले बताएका छन् । फिल्मले अन्तर्राष्ट्रिय बक्स अफिसमा पनि साढे ३ करोडको व्यापार गरेको बताइएको छ ।

चर्चित निर्माता धर्म प्रोडक्सन र स्टुडियोले संयुक्त रुपमा निर्माण गरेको यस फिल्मले आलिया भट्टको डेभ्यु फिल्म स्टुडेन्ट अफ द इयरले भन्दा राम्रो सुरुवात गरेको छ ।

यस फिल्ममा हालै दिवंगत भएकी अभिनेत्री श्रीदेवीकी जेठी छोरी जन्ह्वी कपुर र अभिनेता शाहिद कपुरका भाई इशान खट्टर प्रमुख भूमिकामा रहेका छन् । लवस्टोरी यस फिल्ममा आदित्य कुमार, ऐश्वर्या नरकर र आसुतोष रानाले पनि अभिनय गरेका छन् । यो फिल्म मराठी फिल्म सैरटको रिमेक हो ।

फिल्मलाई शसांक खेतानले निर्देशन गरेका छन् भने फिल्मको कथा र स्क्रिन प्ले पनि सशांक खेतानको नै रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै