• २०८१ बैशाख १६ आइतबार

जान्ह्वी-इशानको फिल्म धड्कको ट्रेलर सार्वजनिक 

kharibot

मुम्बई । बलिवुडमा डेभ्यु गर्न लागेकी जान्ह्वी कपुरको फिल्म धड्कको ट्रेलर सार्वजनिक गरिएको छ ।

गत डिसेम्बर देखि शुटिंग सुरु भएको यस फिल्म आगामी जुलाई  २० तारिखमा रिलिज हुदै छ । 

चर्चित निर्माता धर्म प्रोडक्सनको ब्यानरमा बन्न लागेको यस फिल्मलाई धर्मा र जी स्टुडियोले संयुक्त रुपमा निर्माण गर्दैछ ।

यस फिल्ममा हालै दिवंगत भएकी अभिनेत्री श्रीदेवीकी जेठी छोरी जन्ह्वी कपुर र अभिनेता शाहिद कपुरका भाई इशान खट्टर प्रमुख भूमिकामा रहेका छन् । लवस्टोरी यस फिल्ममा आदित्य कुमार, ऐश्वर्या नरकर र आसुतोष रानाले पनि अभिनय गरेका छन् ।

यो फिल्म मराठी फिल्म सैरटको रिमेक हो । फिल्मलाई शसांक खेतानले निर्देशन गरेका छन् भने फिल्मको कथा र स्क्रिन प्ले पनि सशांक खेतानको नै रहेको छ ।

धड्क ट्रेलर :

 

  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै