• २०८१ बैशाख १६ आइतबार

पहिलो पटक हृदयघातपछि मुटुको धड्कन, मुसामा सफल परीक्षण !

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । हृदयघातघातपछि पहिलो पटक वैज्ञानिकहरूले मुटुका कोशिकाहरूलाई उपचार गरेर पुन: निर्माण गर्न सफल भएका छन् । ह्युस्टनको युनिभर्सिटी अफ टेक्सासका वैज्ञानिकहरूले मुटुसम्बन्धी रोग निको पार्ने काममा मुसामा यसको सफल परीक्षण गरेका छन् । मानिसमा पनि परीक्षण सफल भयो भने हजारौंको ज्यान बचाउन सकिन्छ ।

यस प्रयोगमा सिंथेटिक मेसेन्जर रिबोन्यूक्लिक एसिड (एमआरएनए)  प्रयोग गरिएको छ । यस प्रविधिमा, एमआरएनए इंजेक्शनले डीएनएको 'ब्लुप्रिन्ट' बनाउँछ, जुन शरीरमा प्रोटिनहरू बनाउनका लागि प्रयोग गरिन्छ जहाँ प्रोटीनहरूले हाम्रो कोशिकाहरू बनाउँछन् र नियन्त्रण गर्छन् ।

बैज्ञानिकहरुका अनुसार नयाँ प्रविधिबाट मांसपेशी कोशिकाहरुको मर्मत र पुन: निर्माण गरिएको थियो । एमआरएनएले शरीरमा प्रोटिनहरू निर्माण गर्छ, जसले मांसपेशीहरूलाई आक्रमण गर्ने भाइरसहरूलाई मार्ने काम गर्छ ।

सफलताको यो सिँढी यसअघि कोही पनि पुग्न सकेका थिएनन् । विज्ञानका अनुसार मुटुको मांसपेशी पुनर्जन्म हुने सम्भावना एक प्रतिशतभन्दा कम हुन्छ । यदि यो प्रयोग अझै सफल भयो भने, मानव उपचारको नयाँ विधि विकसित हुनेछ । 

हाल मुसामा गरिएको यो परीक्षणमा टिस्यु कल्चर (जीवमा कोषहरूलाई जीवित राख्ने प्रक्रिया) र जीवित मुसाको प्रयोग गरिएको थियो । यी मुसाहरूमा YAP-5SA ले गेम चेन्जरको रूपमा काम गरेको पाइयो । यस प्रयोगमा मुटु रोगबाट पीडित मुसामा उत्परिवर्तन देखिएको थियो । इन्जेक्शनको २४ घण्टा भित्र मायोसाइट (हृदयमा पाइने कोशिका) मा १५ गुणा सुधार देखियो ।

स्टेमिन र YAP-5SA नामक प्रोटिनले मुटुका कोशिकाहरूलाई सक्रिय बनाउँछ (कार्डियोमायोसाइट्स) । यसले ती मांसपेशीहरूलाई पुनर्जीवित गर्छ जसको काम गर्ने क्षमता नगण्य छ । स्टेमिन इन्जेक्सन स्टेरोइड भनिने औषधिहरूको समूह हो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै