• २०८१ बैशाख १७ सोमबार

ऋण तिर्न नसक्दा एउटै परिवारका ६ जनाले गरे आत्महत्या 

kharibot

तस्बिर : NB Time

दक्षिण एसिया । भारतको राजधानी नयाँ दिल्लीको बुराडी आत्महत्या सेलाउन नपाउँदै त्यस्तै प्रकृतिको अर्को सामूहिक आत्महत्या भएको छ । हजारीबाग जिल्लाका एक परिवारका ६ जनाले सामूहिक आत्महत्या गरेको भारतीय मिडियाले जनाएका छन् । 

घटनास्थलबाट सुसाइड नोट पनि फेला परेको छ । हजारीबागको महावीर स्थान चोकमा भएको उक्त हत्याकाण्डमा ७० वर्षका वृद्धदेखि ६ वर्षकी छोरीसम्म रहेको बताइएको छ ।

मर्नेमा ७० वर्षकी महावीर महेश्वरी, उनकी पत्नी ६५ वर्षकी किरण महेश्वरी, एक छोरा नरेश अग्रवाल (४० वर्षका), बुहारी ३७ वर्षीया प्रीति अग्रवाल, छोरा ११ वर्षका यमन र ६ वर्षकी छोरी यान्वी रहेकी छिन् । मृतकमध्ये कोही झुण्डिएको, कसैको घाँटी काटिएको, कोही ओछ्यानमै मृत फेला परेका हुन् । उक्त घटनाले गाउँलाई नै शोकमग्न पारिदिएको छ । 

भारतीय प्रहरीले घटनास्थलमा मिलेको सुसाइडनोटअनुसार एउटा गणितीय सूत्रजस्तै उल्लेख छ । जसमा मृत्यु नै अन्तिम विकल्प मानिएको बुझ्न सकिन्छ । जसअनुसार बिमारी, पसल बन्द, कामदारलाई तलब दिन नसक्नु, बदनाम हुनु र ऋण बढ्नुले मृत्यु अंगाल्नुपरेको उल्लेख गरिएको छ । 

उक्त परिवार निकै इमानदार र सोझो भएको बताइएको छ । व्यवसाय पनि निकै फैलिएको बताइए पनि बजारमा धेरै पैसा फस्न पुगेको थियो । भारतीय मिडियाहरुका अनुसार करिब ५० लाखदेखि १ करोडसम्म उक्त परिवारको रकम फसेको थियो । सोही कारण उनीहरुले पैसा तिर्ने ठाउँमा पनि तिर्न पाएका थिएनन् । 

दुई महिनाअघि उक्त परिवार घुम्न गएको थियो । यसअघि दिल्लीमा यस्तै आत्महत्याकाण्ड झल्काउने गरी एक परिवारका पूरै ११ सदस्यले फाँसी लगाई आत्महत्या गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै