काठमाडौँ । विम्बल्डनको महिलातर्फ यस बर्षको उपाधि जर्मनीकी एञ्जेलिक कर्वरले जितेकी छन् ।
सात पटककी विजेता सेरेना विलियम्सलाई २–० को सोझो सेटमा हराउँदै ३० वर्षीय कर्वरले उपाधि जिटेकी हुन् ।
विम्बल्डनको उपाधि पहिलो पटक जितेकी कर्वरको यो तेस्रो ग्राण्डस्लाम उपाधि हो । यसअघि उनले सन् २०१६ मा अष्ट्रेलियन ओपन र यूएस ओपनको उपाधि जितेकी थिइन् ।
२४औं ग्राण्डस्लाम जित्ने लक्ष्यमा रहेकी सेरेना भने यसपटक फाइनलमा पराजित भएकी छन् । गत वर्ष आमा बनेकी ३६ बर्षिय सेरेना आफ्नो पुरानो लय भेट्टाउन संघर्षरत रहेकी छिन् ।
लण्डनको सेन्ट्रल कोर्टमा कर्वरले सरेनालाई ६-३ र ६-३ को सोझो सेटमा पराजित गरेकी हुन् ।
विम्बल्डनको पुरुषतर्फका फाइनलमा भने सर्वियन नोभाक जोकोभिच र दक्षिण अफ्रिकाका केभिन एण्डरसन आज खेल्दै छन् ।