• २०८१ बैशाख १७ सोमबार

सलमानको रेस ३ तीन दिनमा सय करोड क्लबमा

kharibot

मुम्बई । बलिवुडमा यस बर्षको सवाधिक प्रतिक्षित फिल्म रेस-३ ले रिलिजको तीन दिनमा सय करोडको व्यापार गरेको छ । 

रिलिजको पहिलो दिन रेस-३ ले शानदार सुरुवात गरेको रेस ३ ले दोस्रो र तेस्रो दिन बम्पर व्यापार गर्दै तीन दिनमा नै सय करोडको व्यापार गरेको हो । 

बलिवुड फिल्म समिक्षक तरण आदर्शका अनुसार रेस-३ ले पहिलो दिन २९.१७ करोड भारतीय रुपैयाको व्यापार गरेको थियो भने दोस्रो दिन शनिबार ३८.१४ करोड र आइतबार ३९.१६ करोड गरि १०६.४७ करोड भारतीय रुपैयाँको व्यापार गरेको छ । 

फिल्म विश्लेषकहरुले मिस्रित रिभ्यु दिएपनि पहिलो दिन फिल्मले राम्रो ब्यापार गरेको छ । 

यो सलमान खानको २०१२ मा रिलिज भएको फिल्म एक था टाइगर र २०१६ मा रिलिज भएको सुल्तानपछि पहिलो दिन धेरै व्यापार गर्ने फिल्म बनेको छ । 

सलमान खानका पछिल्ला फिल्मको तुलनामा रेस ३ ले पहिलो तीन दिनमा सर्वाधिक व्यापार गर्ने दोस्रो फिल्म बनेको छ । सलमानको रेस ३ ले १०६.४७ करोड ब्यापर गरेको छ भने यस अघि टाइगर जिन्दा है ले ११४.९३ करोड ब्यापार गरेको थियो । त्यस्तै सुल्तानले तीन दिनमा १०५.५३ करोड र बजरंगी भाइजनले १०२.६० करोड ब्यापार गरेको थियो ।  

फिल्मलाई रिलिज अघि नै जि नेटवर्कलाई करिब सय करोडमा सेटेलाइट अधिकार बेचेर यस फिल्मले रेकर्ड बनाई सकेको छ ।

फिल्ममा सलमानसहित अनिल कपुर, बबी देओल, ज्याक्लिन फर्नानडिस, डेजी शाह जस्ता कलाकार अभिनित यो फिल्मको ट्रेलर हेर्दा एक्सनले भरिपूर्ण रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै