काठमाडौँ । नेपाल आयल निगमले आइतबार राती १२ बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ ।
निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार प्रति लिटर पेट्रोलमा ३ तथा डिजेल र मट्टितेलमा २ रुपैयाँ घटेको हो । नयाँ मूल्य अनुसार पेट्रोललाई प्रति लिटर ११० तथा डिजेल र मट्टितेललाई ९३ रुपैयाँ तिर्नुपर्नेछ ।
यी बाहेक निगमले हवाई इन्धनको मूल्य भने समायोजन गरेको छैन् । नयाँ मूल्यपश्चात निगमको १५ दिनको घाटा ७ करोड ८६ लाख हुने निगमले जनाएको छ।
अन्तराष्ट्रिय बजारको भाउ विश्लेषण गरेर आइओसीले हरेक १५ दिनको अन्तरमा निगमलाई नयाँ मूल्य सुची पठाउँछ। यसकै आधारमा निगमले हरेक १५ १५ दिनमा तेलको मूल्य समायोजन गर्दै आएको छ।