• २०८१ बैशाख १५ शनिबार

प्रदेश ५ को २८ अर्ब ९ करोड ३ लाखको बजेट सार्वजनिक (पूर्ण पाठ)

kharibot

काठमाडौँ ।  प्रदेश ५ को सरकारले २८ अर्ब ९ करोड ३ लाखको बजेट प्रस्तुत गरेको छ ।

अर्थमन्त्रीको समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबार चालु खर्च तर्फ ११ अर्ब ४६ करोड ५९ लाख २ हजार र पूँजीगत तर्फ १६ अर्व ६२ करोड ४३ लाख ९८ हजारको बजेट प्रस्तुत गरेका हुन् ।

प्रस्तुत बजेटको चालु खर्चतर्फ ४० दशमलव ८० प्रतिशत र पूँजिगत तर्फ ५९ दशमलव २० प्रतिशत छ । कुल विनियोजित रकममा संघीय सरकारबाट प्राप्त सशर्त अनुदान ९ अर्व ६७ करोड ३ लाख समेत समावेश रहेको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ६ अर्ब ८६ करोड ९७ लाख, राजस्व बांडफांड ८ अर्ब ५५ करोड ३ लाख, सशर्त अनुदान ९ अर्ब ६७ करोड ३ लाख, प्रदेशको आन्तरिक राजस्व २ अर्ब ४० करोड र आर्थिकवर्ष २०७४/७५ को विनियोजनबाट बचत हुने अनुमानित रकम ६० करोडबाट व्यहोरिने गरी मुख्यमन्त्री पोखरेलले बजेट प्रस्तुत गरेका हुन् ।

स्थानीय तहको शिक्षा स्वास्थ्य खानेपानी जस्ता पूर्वाधार निर्माणको लागि ५० करोड, शशर्त अनुदान तर्फ १ अर्ब र आफैले छनोट गर्ने योजनाको लागि ५० करोड बजेट विनियोजन गरेको छ।

प्रदेश सरकारले पाल्पा रामपुर सडक, रोल्पा सडकको लागि ५ करोड विनियोजन गरेको छ। ३२ वटा पालिकालाई केन्द्रसँग जोड्ने सडकको लागि ५० करोड बजेट विनियोजन गरेको छ। प्रदेशभरी १२ वटा झोलुङगे पुल र २१ वटा पुल निर्माणको लागि ५० करोड विनियोजन गरेको छ ।

प्रदेश ५ को बजेटको पूर्णपाठ यस्तो छ :


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै