• २०८१ बैशाख १५ शनिबार

भालुवाङ राजधानी बनेकोमा स्थानीयले मनाए खुशीयाली

kharibot

बुटवल । दाङको भालुवाङ प्रदेश सभाबाट प्रदेशको स्थायी राजधानी बनेपछि स्थानीयले निर्णयको स्वागत गर्दै खुशीयाली मनाएका छन् ।

उनीहरुले भालुबाङमा दीप प्रज्वलन गरेर खुशीयाली मनाएका थिए ।

स्थानीय सरकार, व्यवसायी, सर्वसाधारण, राजनीतिक दल, संघ संस्थाहरु राष्ट्रिय झण्डा लिएर दिपावली गरेका छन् । उनीहरुले औपचारिक स्वागतको तयारी समेत गरेको बताएका छन् । 

प्रदेश ५ को प्रदेश सभा बैठकले आज प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ राख्ने प्रस्ताव दुई तिहाईले पारित गरेको थियो ।

योसँगै पाँच प्रदेशले नाम र राजधानी पाएका छन् । अब प्रदेश २ र प्रदेश एकको नाम र राजधानी टुंगाउन बाँकी रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै