• २०८१ बैशाख १५ शनिबार

प्रदेश ५ को राजधानी दाङको भालुवाङ तोकियो

kharibot

बुटवल । प्रदेश ५ को राजधानी दाङको भालुवाङ हुने भएको छ ।

प्रदेश ५ को राजधानी दाङको भालुवाङ राख्ने  सम्बन्धि आज प्रदेश ५ को प्रदेश सभामा सरकारले प्रस्तुत गरेको प्रस्तावमा मतदान हुदा सो प्रस्ताव दुई तिहाईले पारित भएको थियो ।

कुल ८७ सदस्य रहेकोमा आजको मतदानमा ८२ जना उपस्थित रहेका थिए । प्रदेश सभामा प्रस्तावको पक्षमा ६९ मत परेको थियो भने विपक्षमा १३ मत परेको छ ।

प्रदेश सभामा पेश भएको प्रदेशको स्थायी राजधानी दाङ बनाउने सरकारको आन्तरिक कार्यविधि सम्बन्धी प्रस्तावमा तीनवटा संशोधन प्रस्ताव दर्ता भएका थिए ।

बुटवललाई राजधानी यथावत राख्ने  संशोधन प्रस्ताव रहेको थियो । नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य पुष्पा थरुनीले रुपन्देहीलाई नै स्थायी राजधानी तोकियोस् भन्ने प्रस्ताव दर्ता गरेकी थिइन् भने कांग्रेसकै सभासद रमा अर्यालले प्रदेशको स्थायी राजधानी तोक्न बैकल्पिक प्रस्ताव दर्ता गराएकी थिइन् ।

उनले पूर्वमा नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका, उत्तरमा पाल्पाको तिनाउ गाउँपालिका, दक्षिणमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र पश्चिममा कपिलवस्तुको शिवराज नगरपालिकाको बीचभागमा राजधानी तोक्नुपर्ने प्रस्ताव प्रदेश सभामा दर्ता गराएकी हुन् ।

त्यसअघि सोमबार नामाकरण सम्बन्धमा जनता समाजवादी पार्टीको तर्फवाट संसदीय दलका नेता सहसराम यादवले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

तर प्रदेश सरकारले प्रदेश ५ को राजधानी दाङको भालुबाङसहितको देउखुरी उपत्यका र नाम लुम्विनी राख्न प्रदेश सभामा प्रस्ताव दुई तिहाईले पारित भएपछि संशोधन प्रस्ताव स्वत निष्क्रिय हुने नियम अनुसार ति सबै प्रस्ताव निष्क्रिय भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै