• २०८१ बैशाख २६ बुधबार

यस्तो छ नेपाल र वेस्ट इन्डिज ए को प्लेइङ ११

kharibot

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज हुदै छ । टियु क्रिकेट मैदानमा हुने यो खेलमा नेपालले टस जितेको छ ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङगर्ने निर्णय गरेका छन् । योसंगै वेस्ट इन्डिज ए ले पहिला ब्याटिंग गर्ने भएको छ ।  

आजको नेपालको प्लेइङ-११ मा अनिल कुमार शाह, विवेक यादव, प्रतिस जिसी र कमलसिंह ऐरीलाई समावेश गरिएको छ ।

नेपालको प्लेइङ ११- रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, अनिलकुमार शाह, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव र कमलसिंह ऐरी । 

वेस्ट इन्डिज ए को प्लेइङ ११: वेस्ट इन्डिज ए : रोस्टन चेज (कप्तान), जोन्सन चार्ल्स, अलिक अथान्जे, आन्द्रे फ्लेचर, केसी कार्टि, किमो पल, कडीम एलेन, म्याथ्यु फोर्ड, गुडाकेश मोती, ओबेद मकोए र ओशेन थोमस ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै