• २०८१ बैशाख १८ मंगलबार

थप पाँच संस्थाले पाए हकप्रद सेयर निष्काशनको अनुमति

kharibot

कुन कम्पनीले कति सेयर निष्काशनको लागि अनुमति पाए ? (रुपैयाँमा)

काठमाडौैं । नेपाल धितोपत्र बोर्डले थप पाँच वटा बैंक तथा फाइनान्स कम्पनीहरुलाई हकप्र्रद सेयर निष्काशन गर्नको लागि अनुमति दिएको छ ।

बोर्डका अनुसार पछिल्लो पटक नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, मिर्मिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बंैंक, आरएसडिसी लघुवित्त वित्तीय संस्था, प्रभु इन्स्योरेन्स कम्पनी र सिर्नजी फाइनान्सले हकप्रद सेयर निष्काशको लागि अनुमति पाएका हुन । 

बोर्डले दिएको जानकारी अनुसार पछिल्लो पटक अर्थात यही जेठ चार गते नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ९९ करोड ३६ लाख ४७ हजार सात सय ५० रुपैयाँ बराबरको हकप्रदको अनुमति पाएको छ ।

बोर्डले उक्त कम्पनीलाई हाल कायम रहेको चुक्ता पुँजीबाट १० बराबर छ को अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ९९ लाख ३६ हजार चार सय ७७ दशमलव ५० कित्ता हकप्रद सेयर निष्काशन गर्नको लागि अनुमति दिएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रर्वन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

यसैगरी मिर्मिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकले पनि चार करोड ५० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशनको लागि अनुमति पाएको छ । बैंकले हाल कायम रहेको चुक्ता पुँजीबाट एक बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी चार लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको हो ।

बैंकको सेयर बिक्री प्रर्वन्धकमा पनि एनआइबिएल एस क्यापिटल लिमिटेड नै रहेको छ । बोर्डका अनुसार आरएसडिसी लघुवित्त वित्तीय संस्थाले पनि बिक्री प्रर्वन्धक एनआईबिएल एस क्यापिटल नै रहने गरी २१ करोड ५९ लाख ७० हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको छ । संस्थाले हाल कायम रहेको चुक्ता पुँजीबाट पाँच बराबर तीनको अनुपातमा २१ लाख ५९ हजार सात सय कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको हो । 

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले पनि बिद्यमान चुक्ता पुँजीबाट एक बराबर शुन्य दशमलव ४६ को अनुपातमा ३१ करोड ६६ लाख ६७ हजार सात सय ६३ रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको छ । यसैगरी सिनर्जी फाइनान्सले पनि बिद्यमान चुक्ता पुँजीबाट एक दशमलव शुन्य दशमलव २५ को अनुपातमा ११ करोड ८६ लाख दुई हजार दुई सय ४७ रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशनको लागि अनुमति पाएको छ । दुबैको संस्थाको सेयर बिक्री प्रर्वन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

यसअघि हकप्रद सेयर निष्काशनको लागि अनुमति पाएका सहरा बिकास बैंक, जोशी हाईड्रो पावर कम्पनी, वोमी माइक्रो फाइनान्स आदिले भने सेयर बिक्रीको आव्हान गरिसकेकाछन ।

बोर्डले चालू आर्थिक वर्षको सुरुभएता यता अर्थात् गत साउनदेखि यही जेठ चार गतेससम्म ४७ वटा संस्थाहरुलाई २१ अर्ब ८१ करोड ४४ लाख ५५ हजार पाँच सय रुपैयाँ बराबरको २१ करोड ८१ लाख ४४ हजार पाँच सय ५५ कित्ता हकप्रद सेयर निष्काशनको लागि अनुमति दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय