• २०८१ बैशाख १८ मंगलबार

डिस होमले अर्को बर्षसम्म सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने 

kharibot

ललितपुर। नेपालको एकमात्र स्याटेलाइट प्रविधिमा आधारित डिटिएच, डिस होम नेपाल कम्पनीले आगामी एक बर्ष भित्र सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने तयारी गरेको छ।

कम्पनीका अध्यक्ष हेमराज ढकालले यस कम्पनीले आगामी एक बर्षभित्र सर्वसाधारणलाई सेयर वितरण गर्ने तयारी गरेको जानकारी दिएका छन् । ललितपुरको भैँसेपाटीस्थित छ्यासीकोटमा डिस मिडिया नेटवर्कका सेवाहुरुका विषयमा जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा उक्त कम्पनीका अध्यक्ष ढकालले प्राविधिक कारणले यस बर्ष सेयर निष्काशन सम्भव नभएको बर्षसम्म सर्वसाधारणले डिश होमको सेयर पाउने जानकारी दिए। 

अध्यक्ष ढकालले कम्पनीबाट आगामी दिनमा इन्टरनेट सेवा प्रदान गर्ने विषयमा तयारी शुरु गरेको जानकारी दिएका छन्। पैसा तिरेर सेवा लिन सकिने डिस होम नेपालले नेपालको ‘पे टिभी’ उद्योगका रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै नौ वर्षदेखि नेपालमा सेवा दिइरहेको छ ।

उनले भने, “हामीले स्याटेलाइटका माध्यमबाट इन्टरनेट सेवा प्रदान गर्ने विषयमा तयारी शुरु गरेका छौँ, अहिलेसम्मको अनुसन्धानबाट हेर्दा यसरी दिइने इन्टरनेट सेवा अलिक महङ्गो देखिएको छ तर थप अध्ययन गर्दैछौँ ।” 

“नेपालमा ‘पे’ टिभी उद्योगको अवधारणा नयाँ भएको र सरकारसँग कानून पनि नरहेको अवस्थामा हामीले १० वर्षअघि यसको शुरुआत गरयौँ र यहाँसम्म ल्यायौँ, अब हामीले गाउँमा इन्टरनेटको असुविधा भइरहेको स्थानलाई लक्ष्यगरी त्यहाँसम्म यो सेवा पु¥याउने तयारी गरिरहेका छौँ”, ढकालले भने । 

नेपालको सूचना प्रणाली हाल अधिकांश पुरानै प्रविधिमा आधारित रहेकाले यस प्रणालीलाई डिजिटलस्वरुपमा विकास गर्न यसमार्फत ठूलो टेवा पुग्ने भन्दै उनले डिजिटल सेवाका लागि देशभर यस डिस होमको सञ्जाल पुगेको र त्यसलाई थप प्रभावकारी बनाउँदै लगिने धारणा राखे । 

सो सेवाले सन् २००९ मा नेपाल सरकारबाट स्वीकृति लिई व्यापारिकरुपमा बिक्री वितरणको अनुमति पाएको थियो । यस टिभीले हाल नेपालमा टिभी हेरिने घरमध्ये २५ प्रतिशत घरसम्म पहुँच पुरयाएको छ । उक्त कम्पनीका प्रबन्ध निर्देशक सुदीप आचार्यले हालसम्म सो कम्पनीले करीब १५ लाख सेट–टप बक्स बिक्री गरिसकेको जानकारी दिए । 

उनले भने, “यो प्रिपेड सेवा (पहिल्यै पैसा तिर्नुपर्ने) सेवा भएको र निश्चित समयका लागिमात्र पैसा तिर्ने गरेकोले ग्राहकको सङ्ख्या घटबढ हुनसक्छ तर अहिलेसम्म यो सेवा अनुमानितरुपमा २५ प्रतिशत टिभी सेटसम्म पुगेको छ ।” त्यस कम्पनीले भैँसेपाटीको छ्यासीकोटमा स्याटेलाइट रिसिभर राखेको छ । सोही स्थानमा राखिएको ‘अर्थ स्टेन’ बाट सेवा देशभर १७० ओटा टेलिभिजन च्यानलको सेवा उपलब्ध गराउने गरेको छ । 

प्रबन्ध निर्देशक आचार्यले आगामी वर्षसम्ममा २४० टेलिभिजन च्यानलको सेवा प्रदान गर्ने तयारी गरिरहेको जानकारी दिए । उक्त कम्पनीले सञ्चालनमा आएयता रु चार अर्ब, १० करोड, ९१ लाख राजस्व तिरेको छ । यस डिस मिडिया नेटवर्क लिमिटेडमा ४५० जना कर्मचारी छन् भने दक्ष प्राविधिक आठ हजार जना रहेका छन् । 

यस लिमिटेडले आफ्नो सेवा देशैभरि पुरयाएको छ र नेपालका २० हजार स्थानबाट यो सेवा वितरणको सञ्जाल स्थापना गरिएको पनि सो पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै