• २०८१ बैशाख १८ मंगलबार

नेपाल बैंकले पौने दुई करोड कित्ता सेयर निष्काशन गर्ने 

kharibot

काठमाडौं । नेपाल बैंक लिमिटेडले१ करोड ७६ लाख ८४ हजार आठ सय ५८ कित्ता सेयरको सार्वजनिक निष्काशन गर्ने तयारी गरेकोमा सोसम्बन्धी कार्यका लागि सिद्धार्थ क्यापिटल लिमिटेड, नारायण चउर नक्साललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ । 

यससम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र सिध्दार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी  अधिकृत ध्रुव तिमिल्सिनाले हस्ताक्षर गरे । सेयरको निष्काशन मूल्यका सम्वन्धमा बैंकले आन्तरिक गृहकार्य गरिरहेको छ । उक्त निष्काशन मूल्य नेपाल धितोपत्र वोर्डको स्वीकृतिमा तय गरिनेछ । 

नेपाल सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत सेयर रहेको यस बैकको चुक्ता पुंजी रु ८ अर्ब ४ करोड रहेको छ । बैकले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा २ अर्ब ५६ करोड ७७ लाख खुद मुनाफा आर्जन गरेको छ भने बैकको संचालन मुनाफा ३ अर्ब १२ करोड रहेको छ ।

मुलुकका हिमाल पहाड तराईका ५४ जिल्लामा फैलिई १३६ शाखा ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटिएम आउटलेट् मार्फत १२ लाख ग्राहकलाई प्रत्यक्ष बैकिंग सेवा पु¥याईरहेको यस बैकले ०७४ चैत मसान्तसम्म रु ९० अर्ब ८१ करोड निक्षेप संकलन गरी रु ७९ अर्ब ७१ करोड कर्जा प्रवाह गरेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै