• २०८१ बैशाख १८ मंगलबार

एभरेष्ट इन्स्योेरेन्स कम्पनीले १४ करोडको हकप्रद सेयर निष्काशन गर्ने

kharibot

काठमडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले १४ करोड तीन लाख रुपैयाँबराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले पुँजी वृद्धिको लागि एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी १४ लाख तीन हजार तीन सय २५ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । 

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमार्फत यही मंसिर १६ गतेबाट खुल्ला हुने हकप्र्रद सेयरको बिक्री कार्य आगामी पुस २२ गतेसम्म जारी रहने छ ।

अधिकृत पुँजी दुई अर्ब तथा जारी पुँजी एक अर्ब नौ करोड ५९ लाख ३० हजार रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुँजी १३ करोड ३६ लाख ५० हजार रुपैयाँ रहेको छ ।

हकप्रद सेयरको बिक्रीपश्चात् भने कम्पनीको चुक्ता पुँजी २७ करोड ३९ लाख ८२ हजार पाँच सय रुपैयाँ पुग्नेछ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै