• २०८१ बैशाख १६ आइतबार

युरोपा लिग जिताउदै ग्रिजम्यानले बनाए नयाँ रेकर्ड, यस्तो छ बार्सिलोना जाने तयारी  

kharibot

काठमाडौँ । एथलेटिको म्याड्रिडका फ्रेन्च फुटबलर एन्टोनी ग्रिजम्यानले नयाँ रेकर्ड बनाउदै एथलेटिको लाई युरोपा लिग जिताएका छन् ।

गएराती फ्रान्सको लियोनमा भएको युरोपा लिगको फाइनलमा खेलको दुवै हाफमा गोल गर्दै ग्रिजम्यानले युरोपा लिग र च्याम्पियन्स लिगको फाइनलमा गोल गर्ने पहिलो फ्रेन्च खेलाडी बनेका छन् ।

ग्रिजम्यानले यस सिजनमा एथलेटिकोका लागि कुल २९ गोल गर्दै क्लबलाई ला लिगामा दोस्रो स्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए । 

सन २०१४ मा रियल सोसियडाडबाट एथलेटिको आएका ग्रिजम्यानले सोहि बर्ष एथलेटिकोलाई स्पेनिस सुपर कप जिताउन भूमिका खेलेका थिए । 

२०१६ को च्याम्पियन्स लिगको फाइनलमा पेनाल्टी सुताउटमा ग्रिजम्यानले पेनाल्टी मिस गर्दा उनको कडा आलोचना भएको थियो । २०१६ को च्याम्पियन्स लिगमा रियल म्याड्रिडसँग पराजित, सोहि बर्ष युरो कपमा पोर्चुगलसँग पराजित बेहोरेका ग्रिजम्यानले अहिले आएर एथलेटिको लागि महत्वपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेर युरोप लीगको उपाधि जिताएका छन् । क्लब फुटबलमा ग्रिजम्यानको यो अहिलेसम्मको ठुलो उपाधि हो ।

युरोपा लिगमा ग्रिजम्यानले यस सिजनमा ८ गोल गरे भने ४ गोल असिस्ट पनि गरेका छन् । 

एथलेटिकोमा ग्रिजम्यानले अहिलेसम्म २०८ खेल खेल्दै कुल ११२ गोल गरेका छन् जसमा ला लिगामा ग्रिजम्यानले १४२ खेल खेल्दै ७९ गोल गरेका छन् ।

बार्सिलोना जाने लगभग निश्चित :

ग्रिजम्यान आउदो सिजनमा बार्सिलोनाबाट खेल्ने लगभग तय भएको मिडिया रिपोर्ट आएका छन् । 

ग्रिजम्यानका विषयमा अनावश्यक हस्तक्षेप गरेको भन्दै एथलेटिकोले बार्सिलोनाविरुद्ध फेयरप्लेको नियम मिचेको भन्दै उजुरी समेत गरेको थियो । एथलेटिकोले ग्रिजम्यानका लागि सय मिलियन युरोको रिलिज क्लज राखेको छ र सो रकम तिर्न बार्सिलोना तयार देखिएको छ । 

बार्सिलोनाले आफ्नो मिडफिल्डमा उमेर हुदै गएका स्वरेजको ठाउमा ग्रिजम्यानलाई लैजान लागेको स्पेनिस मिडियाले उल्लेख गरेका छन् ।

ला लिगामा स्वरेजको प्रदर्शन राम्रै भएपनि च्याम्पियन्स लिगमा फोकस गर्न बार्सिलोनाले आफ्नो टिममा युवा टिम तयार गर्न लागेको बताइएको छ । 

यसै सिजनमा बार्सिलोना आएका फिलिप कोन्टिन्हो र डेम्बेलेले विस्तारै टिममा एडजस्ट हुदै गएकोले आउदो सिजनमा ग्रिजम्यानलाई भित्राएर बार्सिलोनाले आफ्नो मिडफिल्डलाई बलियो बनाउन लागेको बताइएको छ ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै