• २०८१ बैशाख १६ आइतबार

युभेन्टस युरोपा लिगको सेमिफाइनलमा

kharibot

काठमाडौँ । युभेन्टस युइएफए युरोपा लिगको सेमिफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा स्पोर्टिंग सिपीसँग १-१ गोलको बराबरी खेल्दै समग्रमा २-१ गोल अन्तरको नतिजासहित युभेन्टस सेमिफाइनलमा पुगेको हो ।

युभेन्टसका लागि एड्रीयन रबिओटले गोल गरेका थिए भने स्पोर्टिंगका लागि मार्कस एडवार्डसले एक गोल गरेका थिए ।

यसअघि सम्पन्न क्वाटरफाइनलको पहिलो लिगमा युभेन्टस १-० गोल अन्तरले विजयी भएको थियो ।

अब सेमिफाइनलमा युभेन्टसले सेभियाको सामना गर्ने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै