• २०८१ बैशाख १५ शनिबार

म्यानचेस्टर युनाइटेडलाई हराउदै सेभिया युरोपा लिगको सेमिफाइनलमा

kharibot

काठमाडौँ । स्पेनिस क्लब सेभिया म्यानचेस्टर युनाइटेडलाई हराउदै युइएफए युरोपा लिगको सेमिफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडमाथि सेभियाले ३-० गोल अन्तरको जित निकाल्दै समग्रमा ५-२ को नतिजा सहित सेमिफाइनलमा पुगेको हो ।

सेभियाको जितमा युसेफ एन नेसरीले दुई गोल गरेका थिए भने लोइक बाडेले एक गोल गरेका थिए ।

यसअघि सम्पन्न पहिलो लिगमा दुवै २-२ गोलको बराबरीमा रोकिएका थिए ।

अब सेमिफाइनलमा सेभियाले इटालियन क्लब युभेन्टसको सामना गर्ने छ ।

त्यस्तै अर्को सेमिफाइनल भने एएस रोमा र बायर लिभरकुसनबीच हुने भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै