• २०८१ बैशाख १५ शनिबार

रोमा र सेभिया युरोपा लिगको फाइनलमा

kharibot

काठमाडौँ । इटालियन क्लब एएस रोमा र स्पेनिस क्लब सेभिया युइएफए युरोपा लिगको फाइनलमा पुगेका छन् ।

गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा रोमा र बायर लिभरकुसन गोलरहित बराबरी खेलेपछि रोमाले पहिलो लिगको १-० को जितको आधारमा समग्रमा १-० गोलले विजयी हुदै फाइनलमा आफ्नो स्थान बनाएको हो ।

त्यस्तै अर्को खेलमा सेभियाले युभेन्टसलाई २-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ३-२ को जित निकालेको थियो । यस अघि पहिलो लिगमा दुवै १-१ गोलको बराबरी खेलेका थिए ।

अब फाइनल खेलमा सेभिया र रोमा उपाधिका लागि भिड्ने भएका छन् । युरोपा लिगको फाइनल खेल हंगेरीको राजधानी बुडापेस्टस्थित पुकास एरिनामा मे ३१ मा हुने छ ।

सेभिया अहिलेसम्म सबैभन्दा बढी ६ पटक युरोपा लिग जित्ने क्लब हो । पछिल्लो पटक २०२० मा सेभियाले यो उपाधि जितेको थियो । अहिलेसम्म फाइनलमा पुगेर अपराजित रहेको सेभियाको रेकर्ड रेहको छ ।

त्यस्तै रोमा भने १९९१ पछि पहिल पटक युरोपा लिगको फाइनलमा पुगेको छ । १९९१ मा रोमा इन्टर मिलानसँग पराजित हुदै उपविजेता बनेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै