• २०८१ बैशाख १७ सोमबार

‘विधिसम्मत पार्टी नचल्दा स्थानीय तह निर्वाचनमा दोस्रो’ : नेता सिंह

kharibot

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्व विधिसम्मत र प्रभावकारीरुपमा नचल्दा स्थानीय तह निर्वाचनमा दोस्रो स्थानमा खुम्चनु परेको बताएका छन् ।

नेपाल तरुण दल काठमाडौँले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको सम्मान, मन्त्रिपरिषद्मा सहभागी काठमाडौँ काँग्रेसका नेताहरुको स्वागत एवं ‘तरुणको क्षमता अभिवृद्धि र नेतृत्व विकास तालीम’ कार्यक्रम उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भ्रातृ संस्था महाधिवेशनबाट निर्वाचित भए पनि विधानसम्मत काम गर्न नसकेको बताए ।

सो अवसरमा युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसीले पार्टी र भातृ संस्थाले विगतका गतिविधिको समीक्षा गरेर अघि बढ्नुपर्ने बताए । सहकारी एवं गरिबी निवारण मन्त्री अम्बिका बस्नेतले काठमाडौँमा अन्तरघातका कारण काँग्रेसको हार भएको सुनाए  ।

कार्यक्रममा काँग्रेस काठमाडौँका सभापति सबुज (कृष्ण) बानियाँ, तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, सांसद उदयशम्शेर राणा, दलका महासचिव भूपेन्द्रजंग शाही, दलका काठमाडौँ अध्यक्ष कृष्णजी खड्कालगायतले पार्टी र भातृ संस्था जनभावनाअनुरुप विधिसम्मतरुपमा चल्नुपर्नेमा जोड दिए  ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) लगायत वडा अध्यक्ष एवं सदस्यलाई सम्मानसमेत गरिएको थियो । प्रशिक्षण चार दिनसम्म चल्ने तरुण दल काठमाडौँले जनाएको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै