• २०८१ बैशाख १७ सोमबार

काठमाडौँ-१ मा प्रकाशमानसिंह विजयी

kharibot

काठमाडौँ । काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् ।

सिंहले प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रबिन्द्र मिश्रलाई १२५ मत अन्तरले पराजित गरेका छन् ।

निर्वाचन आयोगका अनुसार सिंहले ७१४३ मत प्राप्त गरेका छन् भने मिश्रले ७०१८ मत प्राप्त गरेका छन् ।

गत २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि सिंहले मिश्रलाई नै पराजित गरेका थिए ।

त्यस्तै यस क्षेत्रमा पुकार बमले ४११५ मत प्राप्त गर्दै तेस्रो भएका छन् भने नेकपा एमालेक किरण पौडेलले ३५३२ मत प्राप्त गर्दै चौथो भएका छन् ।

त्यसैगरी नेपाल सुशासन पार्टीका रमेश खरेलले ३१२४ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै