• २०८१ बैशाख १५ शनिबार

स्कुलको भर्ना शुल्क १ लाख ६७ हजारसम्म छ - प्रेम जोशी, नेविसंघ प्रवक्ता

kharibot

फाइल तस्विर । 

नीजि विद्यालयले चर्को मुल्य बुद्धि फिर्ता गर्नु पर्ने र नियमनकारी निकायले नियमन गर्नु पर्ने माग सहित बुधबार देखि सयुक्त विद्यार्थी संगठनले नीजि विद्यालयको छाता संगठनमा तालाबन्दी गरेको छ ।

निजी विद्यालयहरुको छाता संस्थाले शुल्क निर्धारण निर्देशिका अनुसार नभएको भन्दै लोककल्याणकारी राज्यमा, राज्यले नियन्त्रण गर्नु पर्छ भन्दै तालाबन्दी गरेको नेविसंघका केन्द्रिय प्रवक्ता प्रेम जोशीले जानाकारी गराएका हुन् ।

विद्यार्थीसंघले नीजि विद्यालयले मनपरी शुल्क लिदै आएको नेपाल सरकार, शिक्षा मन्त्रालय अभिभावकलाई सँगै राखेर अन्र्तक्रिया गरी निर्माण गरेको निर्देशिका अनुसार काम नभएको नएकोले ताला लगाउनु परेको बताएका छन् । उद्योगधन्दा जसरी मनपरी मुल्य निर्धारण गरेको भन्दै शिक्षा क्षेत्रमा मनपरीतन्त्र रोक्न सरकारले निणर्य गरेको निर्देशिकाको अक्षराशं पालना हुनु पर्ने बताएका छन्।

अधिकासं विद्यालयले सरकारले निर्धारण गरेको निर्धारण निर्देशिका अनुसार नचलेको भन्दै विद्यालयले लिएको चर्को मुल्य फिर्ता नगरेसम्म ताला नखुल्ने जानाकारी गराएका छन् । विभिन्न स्थानलाई ध्यानमा राख्दैे तिन कार्यदल बनाएर अनुगमन गरिरहेको बताउदै उनले एउटा विद्यालयमा ५ कक्षाको विद्यार्थीको १ लाख ५० हजार सम्म फि लिने गरेको भेटाएको जानाकारी गराएका छन् ।

एउटै विद्यार्थीले १ लाख ६७ हजार तिरेर भर्ना गरेको पनि उनले जानाकारी गराए । सरोकारवाला निकायहरु सबै मिलेर विद्यालयसँग मात्र नभएर छाता संस्था, सरकार र अभिभावकसँग छलफल गरी निर्णयमा पुगेपछि मात्र ताला खोल्ने उनले बताएका छन् । यो नै निर्णायक आन्दोलन भएको बताउदैे माग प्राप्ति पछि मात्र आन्दोल स्थगित गर्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै