• २०८१ बैशाख १५ शनिबार

माइतीघरको निषेधाज्ञाको विरोध गर्ने नेविसंघका कार्यकर्ता पक्राउ

kharibot

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारले माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोकेको विरोधमा प्रदर्शन गरेको छ ।

आइतबार बिहान थापाथली क्याम्पस नजिकै भेला भएर नेविसंघ काठमाडौँ जिल्ला कार्यसमितिले माइतीघरमा निषेधित क्षेत्र हटाउनुपर्ने भन्दै प्रदर्शन गरेको हो ।

निधारमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका उनीहरूले माइतीघरको निषेधाज्ञा खारेज गर्न माग गरेका थिए । प्रहरीले निषेधित क्षेत्रम विरोध प्रदर्शन गरेको भन्दै २२ विद्यार्थीलाई पक्राउ गरेको छ । 

माइतीघर मण्डला क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपछि निषेधाज्ञा हटाउनुपर्ने माग गर्दै विभिन्न समूहले प्रदर्शन गरिरहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै