• २०८१ बैशाख १५ शनिबार

त्रिविमा राजनीतिक भागबन्डा नगर्न नेविसंघको सडक बहस

kharibot

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्न माग गर्दै सडक बहस गरेको छ । मंगलबार नेविसंघले प्रदर्शनीमार्गमा सडक बहस गरेर उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा नगर्न सरकारलाई ध्यानाकर्षण गराएको हो ।

नेविसंघले आइतबार प्रज्ञा भवनमा भएको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रम स्थलमा पनि विश्वविद्यालयमा दलीय भागबन्डा अन्त्य गर्न मागसहित ब्यानर राखेको थियो ।

नेविसंघले विश्वविद्यालयमा भएको दलीयकरण र राजनीतिक हस्तक्षेप अन्त्य गर्न पनि माग गर्दै खुला प्रतिस्पर्धाबाट त्रिविलगायत विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्न दबाब दिन शुरु गरेको छ ।

त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि खुला प्रतिस्पर्धाबाट नै त्रिवि उपकुलपति नियुक्ति गर्ने र राजनीतिक भागबन्डा नगर्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।

त्रिविमा उपकुलपतिलगायत पदाधिकारी रिक्त भएको लामो समय हुँदा पनि नियुक्ति हुन सकेको छैन। तत्कालीन उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकाल गत कात्तिक १६ मा सकिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल र शिक्षामन्त्री अशोककुमार राईले उपकुलपति नियुक्तिको सट्टा कात्तिक १७ मा रेक्टर शिवलाल भुसाललाई उपकुलपतिको जिम्मेवारी दिएका थिए । भुसाल कात्तिक १९ मा ३ महिने उपकुलपतिमा पदबहाल भएपछि रेक्टर पद पनि रिक्त रशेको छ । कुलपतिसमेत रहेका दाहालले रेक्टरलाई ३ महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका हुन् । त्रिवि ऐनमा सहकुलपति तथा शिक्षामन्त्री संयोजकत्वको सिफारिस समितिको सिफारिसका आधारमा कुलपतिले उपकुलपति नियुक्त गर्ने व्यवस्था  छ ।

त्यस्तै रजिस्ट्रार पेशल दाहाल ४ वर्षे कार्यकाल पूरा गरेर सोमबार बिदा भएका छन् भने सेवा आयोगका सदस्य हेमराज ढकालको कार्यकाल मंसिर पहिलो साता सकिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै