काठमाडौँ । आईपीएल टिम दिल्ली डेयरडेभिल्सको निराशाजनक प्रदर्शनपछि कप्तान गौतम गम्भीरले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
आईपीएलका खेल्न बाँकी खेलमा भने युवा ब्याट्सम्यान श्रेयस अय्यरले दिल्लीका लागि कप्तानको भूमिका निर्वाह गर्ने जानकारी दिइएको छ ।
यसअघि दुई पटक कोलकाता नाइटराइडर्सलाई आईपीएल जिताएका गौतम गम्भीरलाई यस पटक दिल्लीले किनेको थियो । यसअघि दिल्लीबाट खेलेका र दिल्लीकै निवासी गम्भीरको टिमको कप्तान बनाइएको थियो ।
गम्भीरले पत्रकार सम्मेलन गर्दै दिल्लीको कप्तानबाट राजीनामा दिएको बताएका हुन् । गम्भीरले पत्रकार सम्मेलनमा यो आफ्नो व्यक्तिगत निर्णय भएको भन्दै आफुले आफ्नो तर्फबाट टिमलाई महत्वपूर्ण योगदान दिन नसकेको बताए । टिमको कप्तान भएकाले हारको जिम्मेवारी लिदै राजीनामा दिएको बताए ।
यस सिजनका १४ खेलमा ६ खेल खेलेको दिल्लीले एक मात्रै खेल जित्दै अंकतालिकामा पुछारमा रहेको छ ।