काठमाडौँ । मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त भएका छन् । मानन्धरले बैशाख २ गतेदेखि पदबहाली गरेका छन् ।
त्रिभुवन विश्व विद्यालयबाट एमबिए गरेका मानन्धर यस विकास बैंकमा पदवहाली गर्नु अघि प्रभु बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए ।
उनको विभिन्न वाणिज्य बैंकहरुमा १७ वर्ष लामो कार्य अनुभव रहेको छ ।