काठमाडौं । नेकपा एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको आजको बैठक स्थगित भएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अवस्थताका कारण बैठक स्थगित भएको बताइएको छ ।
चुनाव चिन्ह, जनयुद्ध शब्द जस्ता विवादित विषयहरुमा सहमति खोज्न समितिको बैठक साँझ ५ बजे बोलाइएको थियो ।
दुवै दलले वैशाख ९ गते एकता घोषणा गर्ने तयारीमा रहेका छन् । एमालेले एकताको तयारीका लागि आउँदो वैशाख ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।