• २०८१ बैशाख १४ शुक्रबार

सुजुकी दशैं तिहार चक्कामा चक्का नगद पक्का योजना सार्वजनिक

kharibot

काठमाडौँ । नेपालको लागि सुजुकी दुई पाँग्रे सवारी साधनको आधिकारीक वितरक भिजि अटोमोबाइल्सले नेपालीहरुको महान चाड दशैं तिहारलाई लक्षित गर्दै सुजुकी दशैं तिहार चक्कामा चक्का नगद पक्का  बिक्री प्रवद्र्धन उपहार योजना ल्याएको छ ।

यस उपहार योजना अन्तर्गत ग्राहकले सुजुकीको कुनै पनि मोटरसाईकलको खरिदमा रु. ७००० र स्कुटरमा रु. ९००० नगद छुट तत्काल प्राप्त गर्न सक्नेछन् ।

यसका साथै ग्राहकहरुले स्क्र्याच कार्ड मार्फत रु. १००००० सम्मको थप नगद छुट र बम्पर उपहारमा रेनाल्ट केडब्लुआइडि कार जित्न सक्नेछन् । यो योजना सुजुकीको देशभरमा रहेका सबै ७० वटा शोरुमहरुमा यही २०७४ भाद्र ८ गतेदेखि लागु गरिएको छ ।

यो योजनाका अतिरिक्त कम्पनीले सबै प्रकारका दुई पाङ्ग्रे सवारी साधनमा ५ वर्षको वारेन्टी पनि प्रदान गरेको छ । यसैगरी योजना अवधिभर कम्पनीले सबै शोरुमहरुमा एक्सचेन्ज र फाईनान्सको सुविधा उपलब्ध गराएको छ । 

सुजुकी जापानीज बाइकहरु निर्माण गर्ने विश्वव्यापी रुपमा ख्याति प्राप्त एक प्रमुख बाइक निर्माता कम्पनी हो । अहिले विश्वको प्राय सबैजसो देशमा यसको उपस्थिति रहेको छ । हरेक समुहका ग्राहकहरुको लागि उपयुक्त हुने दुई पाँग्रे सवारी साधनहरु यसले उत्पादन गर्दै आएको छ ।

बिश्वभरि धेरै पुरस्कारहरु प्राप्त गर्न सफल सुजुकीले  विभिन्न आकर्षक रङ्ग र उचित मुल्यका बाइकहरु नेपालमा उपलब्ध गराएका छन् । भिजि अटोमोबाइल्सको देशभरि बिस्तारीत सञ्जाल बाट विश्वस्तरीय सुजुकीका दुई पाँग्रे सवारी साधनहरु बिक्री बितरण गरिएका छन् । साथै देशभर रहेका आफ्ना सर्भिस सेन्टरबाट कम्पनीले उत्कुष्ट सर्भिस पनि उपलब्ध गराउदैं आएकोछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै